काठमाडौं । न्याय परिषदले दुई जना न्यायाधीशलाई बर्खास्त गर्नका लागि सिफारिस गरेको छ । परिषदको सोमबार बसेको बैठकले कायम मुकायम प्रधानन्यायाधीश समक्ष दुई न्यायाधीशलाई बर्खास्ता गर्न सिफारिस गरेको न्याय परिषद सचिवालयले जानकारी गराएकाे हाे ।
परिषदले उच्च अदालत दिपालयको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश राकेशकुमार निधि र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरिएको न्याय परिषद सचिवालयका सहसचिव मानबहादुर कार्कीले नेपाल प्रेसलाई जानकारी दिए । उनीहरुमाथि कार्यक्षमताको अभाव, खराब आचरण र पद अनुरुपको आचरण गर्न नसकेको भन्ने पुष्टि भएपछि बर्खास्तको सिफारिस गरिएको सहसचिव कार्कीले बताए ।
शर्मामाथि जिल्ला अदालत सिरहामा बसेर काम गर्ने क्रममा नाबालिकाको बलात्कारमा थुनछेक आदेशमा बदनियत राखेको र कस्तुरीको विनासम्बन्धी मुद्दामा कार्य क्षमताको अभाव रहेको बताइएको छ । न्यायाधीश निधिमाथि नाबालिकामाथि बलात्कार मुद्दामा खराब आचरण देखाएको आरोप छ ।

Leave a Reply