सभामुख भन्छन्- प्रतिनिधिसभाको आयु उम्मेदवारी मनोनयनको दिनसम्म रहन्छ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी चुनावको लागि उम्मेदवारी मनोनयनका दिनसम्म प्रतिनिधिसभाको आयु रहने बताएका छन् । मनोनयनसँगै प्रतिनिधिसभा विघटन हुने उनको भनाइ छ ।

सोमबार संसदीय मामिला पत्रकार समाजसँगको अन्तरक्रियामा सभामुख सापकोटाले यसबारेमा प्रधानमन्त्रीसँग समेत सामान्य छलफल भएको बताए । सबै नियकासँग छलफल गरेर प्रतिनिधिसभाको आयुको बारेमा टुंगोमा पुगिने उनले बताए ।

सापकोटाले भने, ‘यो संसदको आयु मनोनयनको दिनसम्म रहन्छ भन्ने छ । त्यसमा फाइनल होइन मोटामोटी कुरा हो । नोमिनेसनको दिनसम्म संसद रहन्छ । यसबारम प्रधानमन्त्रीले पनि अस्ति छलफल गरेर टुंगोमा पुगौं भन्नुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *