रुपन्देही । अर्घाखाँचीमा बाँदर भगाउने क्रममा लडेर घाइते भएका टंक खनालको मृत्यु भएको छ ।
असार १९ गते मकैबारीमा आएको बाँदर धपाउने क्रममा छत्रदेव गाउँपालिका–४ का ३९ वर्षीय खनाल गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छत्रदेव गाउँपालिका–४ का वडाध्यक्ष भीमलाल खनालले जानकारी दिए ।
लडेका खनालको टाउकोमा चोट लागेको थियो ।

Leave a Reply