काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४०० रुपैयाँले बढेर ९४ हजार पुगेको छ ।
छापावाल सुन आइतबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार १०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार १६५ तोकिएको महासङ्घले जनाएको छ ।

Leave a Reply