राठौरले दहितलाई १० वटा पार्टी चाहर्ने भनेपछि देउवाले गरे हस्तक्षेप

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा सहमहामन्त्री किशोर सिंह राठौर र उनकै गृहजिल्ला बर्दियाका नेता गोपाल दहितबीच भनाभन भएपछि सभापति शेरवहादुर देउवाले हस्तक्षेप गर्नुपरेको छ ।

अघिल्लो बैठकमा बोल्ने क्रममा दहितले सहमहामन्त्री किशोर सिंह राठौरले आफ्नै वडा जिताउँन नसकेको भन्दै आलोचना गरेका थिए । दहितले आफू आफ्नो वडामा कांग्रेसलाई जिताउँन सक्षम रहेको तर सहमहामन्त्रीले नसकेको भन्दै व्यंग्य गरेका थिए ।

दहितलाई जवाफ दिनेक्रममा शनिबार राठौरले भने- १० वटा पार्टी चाहार्दै आएको मान्छेले मेरो प्रतिष्ठामाथि प्रश्न उठाउँने ? मेरो वडाको चुनावी समिकरण र वस्तुगत स्थिति फरक थियो, जुन तपाईंलाई थाहा छैन। पार्टी फेर्दै हिड्नेले मेरो बारेमा प्रश्न गर्न पाउँदैन ।

दुवैजनाबीच भनाभन हुने स्थिति भएपछि सभापति देउवाले पदाधिकारीले केन्द्रीय सदस्यलाई त्यसो भन्न नहुने भन्दै सम्झाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *