‘आउन साथी आउ’ स्वदेश गानको छायांकन सकियो

काठमाडौं । जनआकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीद्धारा रचना गरिएको ‘आउन साथी आउ’ बोलको स्वदेश गानको छायांकन काठमाडैंमा सकिएको छ । स्वदेशगानको छायांकन काठमाडौंस्थित प्रज्ञा भवनको प्रांगणमा भएको हो ।

तेस्रो चरणको छायांकन रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ मा गरिएको थियो भने अन्य विभिन्न जिल्लाका विभिन्न स्थानमा छायांकन सकिसकेको छ ।

चौथो चरणको सुटिङमा रचनाकार मोहन कार्कीले पनि संयुक्त अभिनय गरेको भिडिओमा वरिष्ठ कलाकार उत्तम केसी, वरिष्ठ तथा चर्चित हस्य व्यंग कलाकार सुवास गजुरेल, चर्चित नायक सित्तल केसी, कलाकार तथा निर्माता लक्ष्मीनाथ तिमिल्सिना, बिजेन्द्र नौवागे अन्य अभिनय गर्ने कलाकार सविता खड्का, गायत्री पाण्डे, कल्पना कार्की, प्रतिक्षा राई, श्रुती कार्की, सोनिका मगर, प्रतिषा तामाङ, आर्य शाही ठकुरी, उद्धवलाल श्रेष्ठ, श्री कार्की रहेका छन् ।

उक्त गीतको सुटिङको निर्देशन प्रेम शर्मा पौडेलले गरेका छन् भने विजय जिरेलले छायांकन गरेका छन् । उक्त स्वदेश गानको भिडिओ जनआकाश साप्ताहिकको १५औँ वार्षिक उत्सव पारेर साउन ३१ गते भव्य कार्यक्रम गरी विमोचन गरिने छ ।

‘आउन साथी आउ’ स्वदेश गानको संगीत र संगीत संयोजन रामकृष्ण थापाले गरेका हुन् भने विनोद दनुवारले स्वर दिएका छन् । उनलाईं संयुक्त गायनमा मनु दाहाल, उषा गजुरेल, रमेश पाठक लगायतले साथ दिएका छन् । देशभक्ति भावनाले ओतप्रोत गीतले आम नेपालीलाई देशप्रतिको भावना जागृत गर्नुको साथै हरेक क्षेत्रमा रहेका नेपालीहरुलाई देशसँग जोडेर उत्साह भर्ने उदेश्यले लेखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *