शैक्षिक योग्यता ढाँटेको भन्दै गर्भनर अधिकारी विरुद्ध अख्तियारमा उजुरी दर्ता (उजूरीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ । आफ्नो शैक्षिक योग्यता ढाँटेर राष्ट्रसेवक भई भष्ट्राचारजन्य कसुर गरेको भन्दै नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले बिहीबार आयोगमा उजुरी दर्ता गरेको हो ।

कुनै पनि विषयमा कम्तिमा स्नातकोत्तर प्राप्त गरेको व्यक्ति गर्भनर हुनुपर्ने भए पनि अधिकारी अहिलेसम्म कुनै पनि विषयमा र कुनै पनि विश्वविद्यालयबाट स्नातकोतर तह उर्तिण नगरेको भन्दै वाईसीएका संयोजक सुमन देवकोटाले आयोगमा दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ ।

गर्भनर अधिकारीले राष्ट्र बैंकमा पेश गरेको विवरण अनुसार सन् १९८९ मा नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उर्तिण गरेको र भारतबाट सन् १९९३ मा ‘सीए’ पढाईलाई आधारमाथी नियुक्ति लिएको देखिन्छ । तर, त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका अनुसार सीए अध्ययनलाई अहिलेसम्म कुनै पनि रुपमा स्नातकोत्तर सरह हुने भनि कहिँकतै व्यवस्था गरेको वा निर्णय नगरिएको उजुरीमा उल्लेख छ ।

Comments

One response to “शैक्षिक योग्यता ढाँटेको भन्दै गर्भनर अधिकारी विरुद्ध अख्तियारमा उजुरी दर्ता (उजूरीसहित)”

  1. ksp pyl Avatar
    ksp pyl

    भराैटेहरूलाई के थाहा रहेनछ भने याे विषय वहाँ लगानी बाेर्डमा भएकाे बेलामा नै अदालतबाट सकिएकाे विगय हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *