विराटनगर । विराटनगर उपमहानगरपालिका वडा नम्बर २ मा रहेको नाङ्लो रेस्टुरेन्टमा आगलागी भएको छ । रेस्टुरेन्टमा दिउँसो १२ बजे अचानक आगलागी भएको प्रहरीले बताएको छ ।
मोरङ प्रहरीका अनुसार ईश्वर बास्कोटाले सञ्चालन गरेको उक्त रेस्टुरेन्ट आगलागीबाट पूर्णरूपमा क्षति भएको छ । क्षतिको पूरा विवरण भने आइसकेको छैन ।
महानगरको दुईवटा दमकलले आगो नियन्त्रणमा लिइएको थियो । ग्यास सिलिण्डर लिकेज भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

Leave a Reply