‘ई-स्पोर्ट’ बजेट विवाद : भिक्टर भन्छन्- प्रमाणित गर्नुहोस्, झुन्डिएर मर्न तयार छु

काठमाडौं । स्वर्गीय र्यापर अनिल अधिकारी ‘यम बुद्द” को सालिक निर्माण गर्ने निर्णय गरेसँगै विवादमा तानिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेन शाह अर्काे विवादमा तानिएका छन् ।

काठमाडौँ महानगरले ‘ई-स्पोर्ट’ को नाममा आफूलाई चुनावमा सघाएका चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई अप्रत्यक्ष रूपमा फाइदा पुग्ने गरी एक करोड बजेट विनियोजन गरेको भन्दै हाल सामाजिक सञ्जालमा मेयर बालेनको पुन आलोचना सुरु भएको हो । हाल नेपालमा ‘ई- स्पोर्ट’ सञ्चालनको लागि आधिकारिक कम्पनीको रूपमा रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल समेत सहभागी रहेको डिआरएस नामक कम्पनी मात्र दर्ता रहेको जनाइएको छ ।

‘हिमालयन टेलिभिजन’ ले समेत रुटिन अफ नेपाल बन्दकै लागि भनेर मेयर बालनले एक करोड रुपैयाँ छुट्टाएको दाबी सहित भिडिओ सामग्री सम्प्रेषण गरे पश्चात भिक्टर पौडेलले सामाजिक सञ्जाल मार्फत उक्त समाचारको खण्डन गरेका छन् ।

“प्रिय हिमालयन टेलिभिजन म एउटा इ-स्पोर्ट टिमको सह-स्थापक हुँ , आयोजक हैन रुटिन अफ नेपाल बन्द र डिआरएस कम्पनीको कुनै सम्बन्ध छैन, ” उनी थप्छन्, “बेइज्जत नै गर्ने भए ‘लजिक’ दिएर गर्नु प्रमाणित गर्नुहोस्, झुन्डिएर मर्न तयार छु ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *