विवेकशील साझा कतारका संयोजक कार्की एमाले प्रवेश

रुपन्देही । विवेकशील साझा कतारका संयोजक गणेश कार्की नेकपा एमालेमा प्रवेश गरेका छन् । दोहास्थित ओसिस बिच होटेलको सभा हलमा एमाले निकट प्रवासी नेपाली मञ्च कतारको छैटौँ अधिवेशनको क्रममा विवेकशील साझा परित्याग गरी आधिकारिक रूपमा मञ्च प्रवेश गरेका हुन् । उनलाई एमालेका महासचिव शंकर पोख्रेलले एमालेमा स्वागत गरेको अध्यक्ष चानख पोखरेलले बताए ।

२०१७ मा रवीन्द्र मिश्रद्वारा वैकल्पिक रूपमा स्थापित साझा मार्फत सदस्यता लिएका कार्की पार्टी एकतापछि विवेकशील साझा हुँदै स्थापनाकालबाटै निरन्तर सङ्घर्ष गरी देश रूपान्तरणका लागि वैदेशिक भूमिबाट परिवारलाई भन्दा पनि बढी समय पार्टीलाई दिएर लागेका थिए ।

कार्की सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका वडा नं. ३ नडाहाका हुन् । कतारमा विभिन्न पदीय जिम्मेवारी समाल्दै २०१९ बाट कतारको नेतृत्व सम्हालेका कार्कीले आफ्नो कार्यकालमा कतारमा स्थापित विभिन्न सङ्घ-संस्थादेखि नेपाली दुतवाससंग पनि उति नै नजिक रही सङ्गठनलाई कतारमा परिचित गराउनुका साथै सामाजिक काममा जोडिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *