डडेलधुराको प्रदेश सभा रिक्त, कर्ण मल्लको राजीनामा स्वीकृत

कैलाली । डडेलधुराको एउटा प्रदेश सभा निर्वाचन क्षेत्र रिक्त भएको छ । आज सभामुख अर्जुन बहादुर थापाले डडेलधुराको ख निर्वाचन क्षेत्र निर्वाचन रिक्त भएको जानकारी गराएका हुन् ।

२०७४ सालमा नेपाली काङ्ग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य कर्ण मल्ललाई काँग्रेसले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । उक्त कारबाही पनि मल्लले आफूले सांसद पर त्याग गरेको घोषणा गरेका थिए ।

मल्लले पत्रकार सम्मेलन गरेर सांसद पद त्यागेको घोषणा गरे पनि प्रदेश सभा सचिवालयमा असार १३ गते मात्रै राजीनामा स्वीकृत गरिदिन भन्दै सभामुखलाई सम्बोधन गरेको पत्र दर्ता भएको थियो । उनले पत्र जेठ २० गते लेखेका थिए ।

सभामुख थापाले आजको प्रदेश सभा बैठकमा मल्ले दर्ता गरेको पत्र सुनाउँदै उक्त मल्ल पदमुक्त भएको घोषणा गरेका हुन् । प्रदेश सभामा दर्ता भएको मल्लको पत्रमा वैशाख १३ गते केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा हस्ताक्षरित साधारण सदस्य समेत नरहने गरी कारबाही भएको जानकारी आफूले विभिन्न माध्यम बाट थाहा पाएको र आफू निर्वाचन भएको पार्टीले कारबाही गरेपछि आफूले नैतिकताले राजीनामा दिएको उल्लेख गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *