काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक सुरू भएको छ ।
गत साता प्रतिनिधिसभा बैठकमार्फत गठन भएको उक्त संसदीय विशेष छानबिन समितिको बैठकले सभापति चयन गर्ने कार्यतालिका रहेको सांसद सरला यादवले जानकारी दिएकी छिन् ।
बजेट निमार्णको क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दायर हेरफेर गरेको भन्दै संसदमा आवाज उठेपछि शर्माले गत २२ असारमा राजीनमा दिएका थिए । उक्त विषयमा छानबिन गर्नका लागि प्रतिनिधिसभा बैठकले ११ सदस्यीय छानबिन समिति बनाएर काम थालेको १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
गत २२ असारमा गठन भएको उक्त समितिमा ११ सदस्यी रहेका छन् । जसअनुसार खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, पुष्पा भुसाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव छन् ।
संयोजक चयनमा भने सत्तापक्ष र विपक्षले दाबी प्रस्तुत गरेपछि हिजोको बैठकले टुंग्याउन सकेको थिएन ।

Leave a Reply