काठमाडौं । चरम आर्थिक संकट भोगिरहेको श्रीलङ्काका राष्ट्रपतिका भाइ बासिल राजापाक्षेको देश छोडेर भाग्ने प्रयास असफल भएको छ ।
बासिल सोमबार अमेरिका जानको लागि विमानस्थल पुगेका थिए। यद्यपि एयरपोर्टका कर्मचारीहरूले विरोध जनाए पश्चात् उनी देश बाहिर जान भने पाएनन् ।
मिडिया रिपोर्टमा उल्लेख भए अनुसार उनले अमेरिकाको लागि चार जनाको बिजनेस क्लासको टिकट काटेका थिए जसको मूल्य लगभग सवा एक करोड श्रीलंकन रुपैयाँ रहेका छ ।

Leave a Reply