नेपाली सेनाको परीक्षामा आफ्नोबारे प्रश्न आउँदा सुरक्षा पन्त खुसी

काठमाडाैं । नेपाली सेना अधिकृत क्याडेट पदको खुला प्रयोगात्मक लिखित परीक्षामा कान्सको बारेमा प्रश्न सोधिएको छ । आफ्नाे बारे लाेकसेवा लिने परीक्षामा प्रश्न छापिएपछि सुरक्षाले खुसी व्यक्त गरेकी छन् ।

असार २३ गते भएको नेपाली सेना, अधिकृत क्याडेट पदको खुला प्रयोगात्मक लिखित परीक्षामा सुरक्षालाई लिएर यो वर्षको कान्सको प्रश्न सोधिएको थियो ।

लोकसेवाको प्रश्न नं १९ मा चारवटा विकल्पसहित सोधिएको छ, ‘फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिंड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन् ?’ विकल्पहरू- प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धर ।

लोकसेवाजस्तो महत्त्वपूर्ण प्रश्नमा आफू एक उत्तर हुन पाएकोमा सुरक्षाले आफ्नो सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै सो प्रश्न पत्र सेयर गरेकी छिन ।

मे १७ मा फ्रान्समा आयोजना भएको फिल्म फेस्टिभलमा पन्त फ्रान्सेली फिल्म ‘द एट माउन्टेन्स’ लाई प्रतिनिधित्व गरेर पुगेकी थिइन। कान्समा उक्त चलचित्रको प्रिमियर गरिएको थियो। यो पन्तले अभिनय गरेको पहिलो विदेशी चलचित्र पनि हो ।

नायिका सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल’ को रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली कलाकार हुन। ‘कान्स फिल्म फेस्टिभल’ संसारको सबैभन्दा ठूलो चलचित्र महोत्सव मध्ये एक मानिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *