आईजीपी विवादको फैसला आज आउन सक्ने

काठमाडौं। सर्वोच्च अदालतमा विचाराधिन नेपाल प्रहरीको महानिरिक्षक(आईजीपी) बढुवा सम्बन्धी परेको मुद्धाको फैसला सोमबार आउन सक्ने देखिएको छ।

जवाफी बहस सकिएपछि कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले फैसला गर्ने छ। जवाफी बसहका लागि लामो समय नलाग्ने भएकाले फैसला आजै आउन सक्ने सम्भावना रहेको एक कानुन व्यवसायीले बताए।

विश्वराज पोखरेलले आफुभन्दा १७ महिना जुनियर एआईजीलाई आईजिपी बनाएको भन्दै गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाउ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाई सुरु भएको थियो।

त्यसपछि असार ५, असार १३ र असार १९ गते बहस भएको थियो। निवेदक र त्यसपछि सरकारी पक्षको बहस सकिएपछि फेरि निवेदकले जवाफी बहस गर्न लागेका हुन्। यसअघि आइतबारका लागि पेशी तोकिएपनि सार्वजनिक विदा परेपछि सोमबारका लागि सारिएको हो।

आफुले साउन २० गते उमेर हदका कारण अवकाश पाउन लागेको भन्दै एआईजी पोखरेलले चाँडोभन्दा चाँडो फैसला गर्न माग गरिरहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *