गम्भीर गल्तीको आत्मसमीक्षा नगरेकाले एमालेसँग सहकार्य हुन सक्दैन : गुरुङ (भिडिओ)

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका छन् ।

संवाद डबलीले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा गुरुङले गठबन्धनबीच राष्ट्रियता र लोकतन्त्रका विषयमा एकमत रहेकाले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका हुन् ।

उनले गठबन्धनबीचको चुनावी तालमेल परिवर्तन गर्नुपर्ने कारण नदेखिएको जिकिर गरे । गुरुङले राष्ट्रिय र प्रजातन्त्रलगायतका विषयमा विगतमा गरेको गम्भीर गल्तीको आत्मसमीक्षा नगरेकाले एमालेसँग सहकार्य हुन नसक्ने तर्क गरे ।

फरक प्रसंगमा उनले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माका विषयमा छानबिन गर्न संसदीय समिति नै गठन भइसकेको अवस्थामा थप टीकाटिप्पणी गर्न उचित नहुने धारणा राखे ।

नेता गुरुङले सबैको सहमतिबाटै नागरिकतासम्बन्धी नयाँ विधेयक सदनमा दर्ता हुने बताए ।

Comments

2 responses to “गम्भीर गल्तीको आत्मसमीक्षा नगरेकाले एमालेसँग सहकार्य हुन सक्दैन : गुरुङ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    तिमीहरूजस्ता विदेशी दलालसँग एमालेकाे सहकार्य हुनैसक्दैन । तिमीहरू त काँग्रेसकाे टाँङ्मुनि छिर । बस् त्यति हाे ।

  2. Shekhar thapa Avatar
    Shekhar thapa

    एमालेले संसद बिधटन लगतै ताजा जनादेशको लागि निर्वाचन गर्ने उनका कदम सहि थियो।
    माओवादीको दुर्भाग्य हो एमाले संग नमिले चाँडै १०ग्रामको पार्टी हुनेछ..। एमाले संग मिल्नु माओवादी कालागि धेरै आवश्यकता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *