७ वडाध्यक्षसहित बुढीगंगाको मेयर-उपमेयरमा एमाले विजयी

कैलाली । बाजुराको बुढीगंगा नगरपालिका मेयर-उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।

भर्खरै सकिएको मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ । वडा नम्बर १, २, ३ , ५, ६, ९, र १० मा एमाले ४, ७ र ८ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए ।

मेयरमा एमालेका रामबहादुर बानियाँले कांग्रेसका रङ्गबहादुर खातीलाई हराए । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले र कांग्रेसकी रिता शाहीलाई पराजित गरेकी छन् ।

बानियाँले ४ हजार ७७७ मत पाउँदा कांग्रेसका रंगबहादुर खाती ३ हजार ७७४ मतमा रोकिए । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४ हजार ७२७ र कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याए ।

मेयरमा १ हजार ३ र उपमेयरमा ९७२ मतको फरक छ ।

Comments

5 responses to “७ वडाध्यक्षसहित बुढीगंगाको मेयर-उपमेयरमा एमाले विजयी”

  1. ksp pyl Avatar
    ksp pyl

    बधाई छ विजेताहरूलाई । तपाईहरूले प्रतिष्पर्धी मेयर उपमेयर मात्र हाेईन निर्वाचन विरूद्व उभिने र धाँधली गर्ने प्रधानमन्त्री, प्रमुख निर्वाचन आयुक्त, प्रहरी प्रमुख, महान्यायाधिबक्तालाई समेत पछार्नुभयाे । विशेष बधाई कर्ण थापालाई ।

  2. Rishi Ram Lamichhane Avatar
    Rishi Ram Lamichhane

    नेतृत्व सङ्लेर आवस् , मतदाताले अझै साथ दिइरहेका छन् ।

  3. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    हिहिहि …. गठबन्धन वा ठगबन्धन यो जीत सत्यको विकासको र देशको मुहार फेर्ने हरूको हो ।

  4. Punya prasad sharma Avatar
    Punya prasad sharma

    सात सूर्य सात छाप गठबन्धन पत्तासाप।

  5. Bishu dev giri Avatar
    Bishu dev giri

    हार्दिक वधाई छ बिजयी टिमलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *