कैलाली । बाजुराको बुढिगंगा नगरपालिकामा अहिले स्थानीय तह निर्वाचनको मत गणना भइरहेको छ ।
अहिले भर्खरै वडा नम्बर ७ को २ सयको परिणाम सार्वजनिक गरिएको छ । जस अनुसार प्रमुखमा एमालेका उम्मेदवार , उपमेयर र वडाध्यक्षमा कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन् ।
प्रमुखमा एमालेले ९४ मत पाउँदा कांग्रेसले ८४ मत पाएको छ । उपप्रमुखमा एमालेले ८३ मत पाउँदा कांग्रेसले ८५ मत पाएको छ । त्यस्तै वडाध्यक्षमा एमालेले ८० मत पाउँदा कांग्रेसले ८७ मत पाएका छन् ।
अहिले सम्म १, २, ३, ८, ९ र १० वडाको परिणाम आइसकेको छ । छ वडामा एमालेले पाँच र कांग्रेसले एक वडा जितेको छ । प्रमुख र उपप्रमुखमा पनि करिब १५ सय बढिले एमालेले अग्रता बनाइरहेको छ ।
यहाँ एमालेबाट प्रमुखमा रामबहादुर बानियाँ र उपप्रमुखमा मायाकुमारी खड्का, नेपाली काङ्ग्रेसबाट प्रमुखमा रंगबहादुर खाती, उपप्रमुखमा रिता शाही चुनावी मैदानमा छन् ।

Leave a Reply