सुर्खेत । गुर्भाकोट नगरपालिकामा अवस्थित मेहेलकुना अस्पतालमा करेन्ट लागेर गुर्भाकोट वडा नं. ६ की १७ वर्षीया बालिका विजयी विकको मृत्यु भएको छ ।
अस्पतालको नयाँ बन्दै गरेको भवनमा उनलाई करेन्ट लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीका अनुसार ती बालिका त्यहाँ मजदुरी गर्दै आइरहेकी थिइन् ।।
उनको मृत्यु बारेमा थप अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगिसकेको उनले जानकारी दिए ।

Leave a Reply