श्रीलंका आर्थिक संकट- आन्दोलनकारीले निवास घेरेपछि राष्ट्रपति राजापाक्षे भागे

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे आन्दोलनकारीलाई छलेर भागेका छन् ।

मुलुकलाई आर्थिक संकटमा पुर्याएर परिवार पोसेको आरोप लगाउँदै आन्दोलनकारीले उनको निवास घेराउ गरेपछि त्यहाँबाट भागेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ ।

हालसम्मकै सबैभन्दा ठूलो सरकारविरोधी प्रदर्शन गर्न हजारौंको संख्यामा जम्मा भएका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न श्रीलंका प्रहरीले अँश्रुग्यास प्रहार गरेको केही समयपछि नै प्रदर्शनकारीहरुले राष्ट्रपति गोटाबायाको निवास घेराउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

‘राष्ट्रपतिलाई हाल सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । हिसांत्मक भीडलाई नियन्त्रण गर्न केही हवाई फायर पनि गर्नुपरेको थियो’, गोप्य स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *