काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने व्यक्ति पत्रकारको भेषमा कार्यक्रमस्थल पुगेको खुलासा भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले क्यामराजस्तै देखिने विशेष बन्दुकको डिजाइनसमेत गरेका थिए । उनले १०० देखि १५० मिटर मात्रको दूरीबाट सिन्जोमाथि गोली प्रहार गरेको बताइएको छ ।
उनी फोटो खिच्ने बहानामा सिन्जोको नजिक पुगेका ४२ वर्षीय यामागामी तेत्सुयालाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । गोली प्रहार गर्नुको कारण भने खुलिसकेको छैन ।

Leave a Reply