चन्द्रागिरीमा अड्किएका सबै ४ सय ३६ जनाको उद्धार, कोहिलाई गाडीबाट त कोहीलाई केबलरकाबाटै 

काठमाडौं- चन्द्रागिरी केबलकारमा आएको समस्याका कारण चन्द्रागिरीमा अड्किएका ४ सय ३६ जनालाई बुधबार साँझ ८ बजेसम्म लगाएर उद्धार गरिएको छ।

केबलकारको सिस्टममा आएको समस्याका कारण बुधबार दिउँसो २ बजे तारमा गुडिरहेकै बक्सामा एक सय ४० जना र चन्द्रागिरीमा ४ सय ३६ जना समस्यामा परेका थिए। इमर्जेन्सी सिस्टमबाट बक्सामा अड्किएकालाई तल झारिएको थियो।

त्यसपछि चन्द्रागिरी डाँडामा अड्किएकामध्ये एक सय ७१ जनालाई चित्लाङ डाँडासम्म आधा घण्टा हिँडाएर त्यसपछि गाडीबाट तल झारिएको थियो। बाँकीलाई भने इमर्जेन्सी सिस्टमबाट केबलकारमै तल झारिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।

‘काठमाडौंका स्वयम्भु र कीर्तिपुर वृत्त तथा नगर प्रहरी र दंगाबाट समेत प्रहरी खटाएर अबेरसम्ममा अलपत्रहरुको उद्धार गरिएको छ’, मैनालीले भने।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *