क्यानडाविरुद्ध टस जितेर पहिला फिल्डङ गर्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडाविरुद्ध टस जितेर पहिला फिल्डिङ गरिरहेकाे छ  । दुई खेलको सिरिज खेल्ने भने पनि पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

किङ सिटी स्टेडियममा नेपालले ओपनर आसिफ शेख र सोमपाल कामीलाई बेन्चमा राखेको छ । बसिर अहमद खेलमा समावेश भएका छन् ।

स्कटल्यान्डमा हुने आईसीसी पुरुष विश्वकप लिग–२ को तयारीका लागि नेपाली टिम क्यानडा भ्रमणमा रहेको छ । नेपालले यसअघि त्यहाँको स्थानीय क्लब ओन्टारियोसँग एक एकदिवसीय र एक टी–२० अभ्यास खेल खेलको थियो । दुवै खेलमा नेपालले सहज जित निकालेको थियो ।

क्यानडाको सिरिजपश्चात् नेपाली टिमले लिग–२ का लागि स्कटल्यान्ड भ्रमण गर्नेछ । नामिबिया सम्मिलित एकदिवसीय श्रृङखला जुलाई ११ देखि १७ सम्म स्कटल्यान्डमा हुँनेछ ।

नेपालको प्लेइङ ११– सन्दीप लामिछाने ९कप्तान०, कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, आदिल अन्सरि, किसोर महत्तो, बसिर अहमद, विनोद भण्डारी, पवन सर्राफ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *