अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने

काठमाडौं । अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई नै दिइएको छ ।

बुधवार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई दिएको हो ।

बुधवार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको जानकारी गराएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *