कांग्रेस नेताहरूको लबिङ- संकटबाट पार लाउन स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाऔँ

काठमाडौं । बिचौलिया राखेर बजेटमा करका दर हेरफेर गरेको तथा सिसिटिभी फुटेज समेत डिलिट गरेको आरोपपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिए लगत्तै कांग्रेसका केही नेताले अर्थ मन्त्रालय अब माओवादीलाई दिन नहुने लबिङ गरेका छन् ।

केन्द्रीय केन्द्रीय कार्य समिति सदस्य समेत रहेका नेताहरूले संकट उन्मुख अर्थतन्त्र जोगाउन स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् । वाग्ले हाल विश्व बैङ्कको परामर्शदाताका रूपमा कार्यरत छन् ।

योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका वाग्लेलाई अर्थमन्त्री बनाउन आयोगकै अर्का पूर्व उपाध्यक्ष समेत रहेका कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले आग्रह गरेका छन् ।

शर्माको राजीनामा लगत्तै सामाजिक सञ्जालबाट पोखरेलले अर्थतन्त्रलाई संकटबाट बचाउन वाग्लेको माग गरेका हुन् ।

पोखरेल भन्छन्– देशको अर्थतन्त्रलाई संकट उन्मुख हुनबाट बचाउन र दरिलो आर्थिक सुधार गरी समुन्नत देश बनाई राजनीतिक स्थिरता कायम गर्दै युवाहरूलाई उज्यालो भविष्यको भरोसा दिलाउनका लागि
स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाऔँ ।

यस्तै आह्वान कांग्रेसका अर्का केन्द्रीय सदस्य अजय बाबु सिवाकोटीले पनि गरेका छन् । सिवाकोटीले कांग्रेस सांसदमध्येबाट अहिलेको संकट टार्न सक्ने आँट र क्षमता भएकालाई खोज्न सुझाव दिँदै सांसदबाहिर ल्याउने हो भने वाग्ले नै उपयुक्त पात्र भएको बताएका छन् ।

Comments

2 responses to “कांग्रेस नेताहरूको लबिङ- संकटबाट पार लाउन स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाऔँ”

  1. प्रकाश जंग शाह Avatar
    प्रकाश जंग शाह

    माग सहि छ

  2. सुरज श्रेष्ठ Avatar
    सुरज श्रेष्ठ

    व्यक्तिले समस्या टार्ने हैन ।यो त कृत्रिम समस्या हो। नियतको संकट हो । प्राकृतिक स्रोतले भरिभराउ मुलुक कहिले समस्याग्रस्त हुदैहुदैन। समस्या त शीर्षस्थ भनाउदा भ्रष्ट नेता, बिकाउ विद्वान र झोले कार्यकर्ता र स्वार्थी र अज्ञानी जनता हो। किन स्वर्णिम वाग्ले नै चाहियो। विश्वम्भर प्यालुरेल जस्ता खारिएका दिग्गज हुदाहुदै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *