क्यारेबियन प्रिमियर लिगका लागि जमैकाले भित्र्यायो सन्दीपलाई

काठमाडौं । सन्दीप लामिछानेले जमैकाबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने भएका छन् ।

लंकन प्रिमियर लिग खेल्ने पक्का भएको भोलिपल्ट नै क्यारेबियन लिगका लागि छनौट भएका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेलाई जमैका तल्लावाजले सीपीएलका लागि आबद्ध गरेको सार्वजनिक गरेको छ।

तल्लावाजले पाकिस्तानी क्रिकेटर मोहम्मद आमिरलाई पनि भित्र्याएको छ।

सन् २०२० को सिजन पनि सन्दीपले तल्लावाजबाटै सीपिएल खेलेका थिए।

उनले हालसम्म सीपीएलका तीन सिजन खेलेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *