काठमाडौं । प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित गरिएको छ । बिहान ११ बजेका लागि तय गरिएको बैठक अर्थमन्त्री प्रकरणका कारण २ घण्टासम्म बस्न नसकेपछि समय परिवर्तन गरिएको हो ।
संसद सचिवालयले सभामुख अग्नि सापकोटाले आजै २ बजे बैठक बस्नेगरी समय तोकेको जनाएको छ ।
बजेटमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको साथै मन्त्रालयको सीसीटीभी फुटेजसमेत मेटाएको विषयमा चौतर्फी दबाब बढेको छ ।
अर्थमन्त्रीमाथि छानबिन गर्न प्रतिपक्ष नेकपा एमालेलगायतले संसदीय समितिको माग गरेका छन् । शर्माले आज सदनबाट आफूमाथि उठेका प्रश्नको जवाफ दिने तयारी गरेका थिए । तर, एमालेले भने शर्माको जवाफको कुनै अर्थ नहुने भन्दै बैठक अवरोध गर्ने बताइसकेको छ ।
बैठक सुचारु गर्ने विषयमा सभामुख सापकोटाले दलका नेतासँग छलफल गरिरहेका छन् ।

Leave a Reply