काठमाडौं । काठमाडौंका भाइरल वडाध्यक्ष मुकुन्द रिजालले आजको नगरसभा बैठकमा लोकप्रिय कुरा गरेका छन् । उनले जनप्रतिनिधिहरूको तलब–सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गरे ।
केही वडाध्यक्षले जनप्रतिनिधहरुलाई औपचारिक पोशाक र लोगोको व्यवस्था गर्नुपर्ने माग गरेका थिए । औपचारिक पोशाक नलगाउँदा जनताले काठमाडौंका जनप्रतिनिधिलाई चिन्न नसकेको उनीहरुको गुनासो थियो । १६ नम्बरका वडाध्यक्ष रिजालले भने फरक विचार राखे । उनले जनप्रतिनिधिहरूले आफ्नो सेवा–सुविधाभन्दा जनताको कामलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
रिजालले भने, ‘हामी लोकसेवा लडेर जागिर खान आएका होइनौँ । आफ्नो इच्छाले जनताको सेवा गर्न आएका हौँ । त्यसैले हामीलाई कुनै तलब–सुविधा चाहिँदैन । हाम्रो सुविधा काटेर लोकसेवा लडेर आएका कर्मचारीको सुविधा वृद्धि गर्दा राम्रो हुन्छ ।’
उनले जनप्रतिनिधिको तलब–भत्तामा मासिक ५५/६० लाख खर्च हुने उल्लेख गरे । त्यो काटिएको खण्डमा वर्षको ६ करोड रुपैयाँ र पाँच वर्षमा ३० करोड बचत हुने हिसाब उनले सुनाए । यो रकमबाट महत्त्वपूर्ण विकास आयोजना सम्पन्न हुन सक्ने उनको भनाइ छ
।
रिजालले थपे, ‘हामीलाई लोगो, पोसाक, जुत्ता महानगरबाट चाहिएको छैन । यदि ड्रेस चाहिने हो भने त्यो हामीलाई तोकिदिनुस्, हामी त्यो लुगा आफैँले व्यवस्था गर्न सक्छौँ । महानगरले दिनु पर्दैन । हामी महानगरबाट लिन आएका होइनौँ, जनतालाई दिन आएका हौँ । हामीसँग भएको गाडी, घोडा, मोबाइल सबै फिर्ता लिइदिनुहुन अनुरोध गर्दछु ।

Leave a Reply