बीमा कम्पनीहरू मर्जरमा जाँदा कर्मचारीले खाइपाइ आएको सुविधा र पद नघट्ने

काठमाडौं । बीमा कम्पनी मर्जरमा जाँदा कर्मचारीहरुको पद र सुविधा यथावत् रहने भएको छ । केही बैंकको मर्जरपछि त्यी बैंकका केही कर्मचारीको एक पद घटुवा तनावमा रहेका बेला बीमा कम्पनीमा भने त्यस्तो नहुने भएको हाे ।

बीमा समितिले निर्देशन दिँदै कुनैपनि कम्पनी मर्जरम गएपछि कर्मचारीहरुले खाइपाइ आएकाे सुविधा नघटाउन भनेकाे छ । निर्देशनमा भनिएको छ, ‘गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरूलाई गाभिएर कायम हुने बीमकमा निजहरूले साबिकमा रहेको पद अनुसारको तह वा श्रेणी भन्दा कम नहुने गरी पद मिलान गर्नुपर्नेछ ।’

मर्जरका गएका बीमा कम्पनीका कर्मचारीले स्वैच्छिक अवकाश रोजेमा उपयुक्त सुविधा सहितको अवकाश योजना बनाई लागू गर्न निर्देशन दिएको छ । निर्देशनले मर्जरमा जाने बीमा कम्पनीका अध्यक्षहरू पनि मर्जर समितिमा बस्न रोक लगाएको छ ।

अहिले जीवन बीमा कम्पनीको संख्या १९ वटा रहेको छ । निर्जीवन बीमा कम्पनीको संख्या २० वटा रहेको छ । यसरी बीमा कम्पनीहरूको कूल संख्या ३९ रहे पनि बीमा कम्पनीहरूमा मर्जको होड चलिरहेको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी २ अर्बबाट ५ अर्ब रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी १ अर्बबाट साढे २ अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएसँगै एका एक बीमा क्षेत्रमा मर्जरको लहर चल्न थालेको हो ।

बीमा कम्पनीहरूले चुक्ता पूँजी वृद्धि वा मर्जर मध्ये एक रोज्नुपर्ने अवस्था रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *