अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, नभए प्रधानमन्त्रीले ‘एक्सन’ लिनुपर्छ : गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थ मन्त्रालयको सिसिटिभीको फुटेज नराख्नेमाथि तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताएका छन् ।

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले करको दायरामाथि हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा गम्भीर चर्चा हुँदा पनि सिसिटिभीको फुटेज १३ दिनको मात्रै रहने अर्थ मन्त्रालयको जवाफमाथि प्रधानमन्त्री तत्काल एक्सनमा जानुपर्ने बताएका हुन् ।

उनले करको दायरा हेरफेरको विषय उठेपछि अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाएर छानबिन गर्नुपर्ने धारणा राखे । संसद्ले पारित गरेको बजेटको करको विषय सामान्य कुरा नभएको भन्दै उनले यसलाई छानबिनबाटै निष्कर्षमा पुराउनुपर्ने जिकिर गरे ।

उनले तीन महिनाको सिसिटिभीको फुटेज राख्नुपर्नेमा १३ दिनको मात्रै रहने अर्थ मन्त्रालयको भनाइले अनेक प्रश्न उठ्न थालेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *