जोनी डेप-एम्बर हर्ड प्रकरण : एम्बरले गरिन् अदालतको फैसला रद्द गर्न माग

काठमाडौं । हलिउड अभिनेत्री तथा प्रख्यात हलिउड सुपरस्टार जोनी डेपकी पूर्वपत्नी एम्बर हर्डले जोनी डेप विरुद्धको मानहानिको मुद्दा हारेपछि अदालतको फैसला रद्द गरी नयाँ ट्रायलको माग गर्दै अदालतमा निवेदन दिएकी छिन् ।

जोनी डेपको पक्षमा फैसला आउनका लागि डिपसँग कुनै प्रमाण नभएको र बहसको क्रममा आफूले पेस गरेको प्रमाणलाई अदालतले नजरअन्दाज गरेको भन्दै एम्बरले नयाँ ट्रायलको माग गरेकी हुन् ।

एम्बरले सन् २०१८ मा जोनी डेपको नाम नखुलाई आफू घरेलु हिंसामा परेको भन्दै एक लेख सार्वजनिक गरेकी थिइन् जसका कारण आफ्नो निजी तथा व्यावसायिक जीवनमा असर परेको भन्दै जोनी डेपले सन् २०१८ मा एम्बर विरुद्ध ५० मिलियन डलर क्षतिपूर्ति माग गर्दै मानहानिको मुद्दा दायर गरेका थिए ।

गत जुन १ मा अदालतले जोनीको पक्षमा फैसला सुनाउँदै एम्बरलाई १५ मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो । मिडिया रिपोर्टमा उल्लेख भए अनुसार सन् २०१८ मा प्रकाशित उक्त लेखको शीर्षकबारे एम्बरलाई थाह नै नभएको उनका वकिलले दाबी गरेका छन् भने अदालतद्वारा तोकिएको जरिवाना पनि अस्वाभाविक रूपमा बढी भएको उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *