कमल थापाको प्रस्ताव- स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान राजनीतिक व्यवस्थामा देखिएका विकृत कम गर्न जनताबाट निर्वाचित प्रणाली कायम गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

ट्विटरमा एक ट्विट सार्वजनिक गर्दै उनले स्थिरता र बलियो सरकार भए मात्र देशको विकास हुने भन्दै त्यसका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नै आवश्यक रहेको उल्लेख गरेका छन् ।

‘स्थिरता र बलियो सरकार भए देश विकास हुन्छ भन्ने आशमा जनताले नेकपालाई करिबa दुई तिहाइ सिट दिए,’ उनले लेखेका छन्,‘तर, सरकार तीन वर्ष टिक्न सकेन, परमादेशबाट सरकार बनेको छ, नेकपा तीन टुक्रा भयो,आलोपालो मन्त्री बन्ने प्रथा चल्यो ।’

यस्ता विकृति अन्त्य गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली कायम गर्न उनले प्रस्ताव गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *