पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ‘ड्रग एडिक्ट’ भएको आरोप

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ‘ड्रग एडिक्ट’ रहेको आरोप लागेको छ । पाकिस्तानको पंजाब प्रान्तका गृहमन्त्री अता तराडले इमरान खान पहिला देखिनै ‘ड्रग एडिक्ट’ रहेको आरोप लगाएका हुन् ।

उनले भनेका छन् ‘इमरान खान सुरुदेखि नै लागूऔषधको लतमा रहेका छन् । उनको आलिशान घरमा कसले लागूऔषध पुराउँछ भन्ने पनि सरकारलाई थाह छ । इमरान चरेस र कोकिन बिना दुई घण्टा पनि बाँच्न सक्दैनन् ।’

इमरान क्रिकेटर हुने बेला देखिनै लागूऔषध प्रयोग गरिरहेको तराडको आरोप छ । इमरान खान माथि यस किसिमको आरोप लागेको यो पहिलो पटक भने होइन ।

सन् २०२० मा इमरानका साथी तथा पूर्व क्रिकेटर सरफराज नवाजले एक टेलिभिजन कार्यक्रममा यसै किसिमको आरोप लगाएका थिए भने इमरान खानकी पूर्वपत्नी रेहम खानले पनि इमरानमा लागूऔषधको लत रहेको बताएकी थिइन् । रेहम खान इमरान कि दोस्रो पत्नी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *