नयाँ काण्ड ! एमालेका प्रदेश सांसद र जिल्ला नेतृको रोमान्टिक भिडिओ टिकटकमा

दाङ । सल्यानका प्रदेश सांसद गुलाबजंग शाहको पार्टीकै एक जिल्ला नेतृसँग अन्तरंग सम्बन्ध झल्किने टिकटक भिडिओ सार्वजनिक भएको छ । एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक अकाउन्ट @tikaoli035 बाट यो भिडिओ अपलोड भएको थियो ।

सम्भवतः असावधानीवस पोष्ट गरेको भिडिओ वलीले केहीबेरमै हटाइन् । तर, यसलाई डाउनलोड गरेर विभिन्न व्यक्तिका म्यासेञ्जर र ग्रुप च्याटमा पठाउने काम भइरहेको छ ।

यस भिडओमा ‘मायाजाल बुन्छु म’ बोलको गीतमा शाह र गुलाबजंगले अभिनय गरेका छिन् । उनीहरू एउटै ओछ्यानमा गाला जोडेर सुतेको देखिन्छ । वलीले गुलाबजंगको गाला पनि सुम्सुम्याएकी छन् । स्मरणीय छ कि उनीहरू दुवै विवाहित हुन् ।

शाह सल्यान प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका थिए । उनी कर्णाली प्रदेशसभा संसदको प्रमुख सचेतक समेत छन् भने एमालेको कर्णाली प्रदेश सहइन्चार्ज समेत हुन् ।

नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै शाहले उक्त भिडिओ ‘फेक’ भएको दाबी गरे । उनले भने, ‘त्यो भिडिओ ओर्जिनल होइन, इडिट गरेर बनाइएको हो ।’

चुनाव नजिकिँदै गएपछि आफ्नो चरित्र हत्या गर्न त्यस्तो भिडिओ बनाइएको दाबीसमेत उनले गरेका छन् ।

‘नाङ्गैबुङ्गै भए पो डर, मलाई यसले केही फरक पर्दैन,’ उनले भने ।

उक्त भिडिओ पोष्ट गर्ने एमाले सल्यानकी जिल्ला कमिटी सदस्य वलीलाई भने आफूले चिनेको शाहले बताए ।

वलीले भने उक्त भिडिओको बारेमा केही थाहा नभएको बताइन् ।

‘मैले स्थानीय तहको चुनावपछि टिकटक नै चलाएको छैन,’ उनले भनिन्, ‘कसरी त्यस्तो भिडिओ पोष्ट भयो मलाई थाहा भएन ।’

भिडिओ वाहियात भएको उनको भनाइ छ । मंसिरमा चुनाव आएकाले प्रोपोगण्डा गरिएको उनले बताइन् ।

रोमान्टिक भिडिओ हटाइएको भए पनि वलीको अकाउन्टमा गुलाबजंगसँगको तस्बिर अहिले पनि छ । तस्बिरमा हेर्दा उनीहरूबीच उमेरमा पनि धेरै अन्तराल देखिन्छ ।

गुलाबजंगको पारिवारिक पृष्ठभूमि पनि सङ्लो छैन । उनले बहुविवाह गरेका थिए । पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद नगरिकन कान्छी भित्र्याएकाे निकटस्थ बताउँछन् । श्रीमानले कान्छी ल्याएपछि जेठी श्रीमती पनि गुलाबज‌गकाे दाइ नाता पर्नेसित हिँडेकी थिइन् ।

गुलाबजंगका जेठीबाट दुई छोरी र कान्छीबाट एक छोरा छन् । उनका छोरीहरूको बिहे भइसकेको छ भने छोरा एमबीबीएस पढ्दैछन् । उनका बुबा पूर्वपञ्च हुन् ।

Comments

5 responses to “नयाँ काण्ड ! एमालेका प्रदेश सांसद र जिल्ला नेतृको रोमान्टिक भिडिओ टिकटकमा”

  1. Dal Bahadur Negi Avatar
    Dal Bahadur Negi

    हट्टेरिका टेरि मा” टाेक्ने🤣

  2. Khimbdr Regmi Avatar
    Khimbdr Regmi

    छोट्या छोट्टि बस्णे भया एमाले होजाई ज्वनौ

  3. Padam BK Avatar
    Padam BK

    रोमान्स गर्नेहरुलाई सिधै बाहिर निकालिनुपर्छ सत्तामा गएर देशलाई लूटेर सिध्याए मोज गर्दै छन ।

  4. Prem ulange Avatar
    Prem ulange

    किन यस्तो हुन्छ नि कठै बरै!

  5. सालिकराम भुसाल Avatar
    सालिकराम भुसाल

    बामेहरुको लिला पनि अपरम्पार छ !🤣🤣

Leave a Reply

Your email address will not be published. Required fields are marked *