काठमाडौं । काठमाडौंमा सडकमा मकै बेचिरहेकी महिलालाई नगर प्रहरीले लछारपछार गर्दै ठेलागाढा लगेको विषयमा व्यापक चर्चा/परिचर्चा भइरहेको छ ।
घटनालाई लिएर धेरैजसोले नगरप्रमुख बालेन्द्र साहको आलोचना गरिरहँदा उनका केही समर्थकले बचाउ गरिरहेका छन् ।
यस क्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डीला संग्रौला पनि जोडिएकी छन् । उनले आज एउटा ट्विट गर्दै नगर प्रहरीको सो क्रियाकलापको आलोचना गरेकी छन् ।
उनले लेखेकी छन्, ‘काठमाडौंका सडक किनारमा सानोतिनो इलम गरी जीविका चलाउनेप्रति नगर प्रहरीले लछार–पछार गरी उनीहरूको ठेलागाढा लिएर गएको दर्दनाक घटनाको दृश्यले सबैको मन छोएकै छ ।’
सडक क्षेत्रमा गरिब, असहायले जीविकाको आधार खोज्न पाउनुपर्ने नेतृ संग्रौलाको ट्विटको आशय छ ।
‘देशका सर्वसाधारण, गरिब असहायले जीविकाको आधार खोज्न नपाउने भए आखिर सडक कसको हो ? कहाँ हरायो संवेदनशीलता ?’, उनले प्रश्न गरेकी छन् ।

Leave a Reply