काठमाडौं। प्रहरी प्रधान कार्यालयले सहायक निरीक्षक(असई)का लागि भएको लिखित परीक्षाबाट थप ७६ सहित ४ सय ४३ दरबन्दीको पदपूर्ति गरिने भएको छ।
यसअघि ३ सय ६७ जनाका लागि आवेदन माग गरिएकामा यसबीचमा ७६ दरबन्दी रिक्त भएकाले त्यसको पनि पदपूर्ति पुरानै आवेदनबाट गरिन लागिएको प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए।
यस्तै जवानतर्फ पनि थप ५ सय ३ सहित २ हजार ४ सय ७४ जवानको दरबन्दी पूर्ति हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसअघि असईका लागि २०७८ असोज २२ गते र जवानका लागि २०७८ मंसिर १० गते आवेदन आह्वान गरिएको थियो।


Leave a Reply