काठमाडौं ५ बाट चुनाव लड्ने रन्जु दर्शनाको घोषणा

काठमाडौं । रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्,‘तपाईहरूले विभिन्न माध्यम बाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न। ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु । तपाईहरू पनि यस अभियानको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सारथी बन्न चाहनुहुन्छ भने तल दिइएको लिङ्कमा गइ फर्म भर्न हुन अनुरोध गर्दछु ।’

२०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्ब। ५ बाट नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनाव जितेका थिए । दर्शनाले विवेकशील पार्टी छाडेर स्वतन्त्रबाट चुनाव लड्ने तयारी गरिरहेकी छन् ।

Comments

2 responses to “काठमाडौं ५ बाट चुनाव लड्ने रन्जु दर्शनाको घोषणा”

  1. Tilak budhathoki Avatar
    Tilak budhathoki

    धेरै राम्राे जितको शुभकामना

  2. laleek Avatar
    laleek

    सोच बिचारे मात्र घोषणा गर्नुहोस, देखाउनका लागि मात्र हो भने केही छैन, अन्यथा संगठन, सदस्यता, क्रियाशिलता, योजना, कार्ययोजना, दूरदर्शिता, बजेट आदि ईत्यादि चुस्त र दुरूस्त हुनैपर्छ, देखाउनको लागि हैन कि जितिने मापदण्ड हुनुपर्यो, लहडमा जनताले एक समयमा काठमाडाैंका जनताले नानीमैयाँ दाहाल, पद्मरत्न तुलाधर आदिलाई जिताएका, भर्खर पनि स्थानीय सरकारलाई सहयोग पुग्नु उस्तै हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *