माओवादी विद्यार्थी संगठन फुट्यो, पवन कार्कीको नेतृत्वमा आयोजक समिति

काठमाडौं । लामो विवादमा फसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ ।

अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानन्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो ।

‘अध्यक्षज्यूको समूहले विधान विपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपे पछि हामीले आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नु भएन,’ असन्तुष्ट समूहका उपदेश यादवले  भने, ‘संगठनलाई बिद्यान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निर्माण गरेका हौं ।’ उनका अनुसार सो आयोजक समितिले संगठनलाई विधान बमोजिम काम कारबाही गराउन र सम्मेलनको तयारी गर्नेछ ।

बानेश्वर क्याम्पसबाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरीका विद्यार्थी नेताहरुको समर्थन रहेको यादवले दाबी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *