मेयरको मिलेमतोमा इटहरी चोकमा विरेन्द्रको शालिक राख्न लागिएको भन्दै जसपाको विरोध

इटहरी । पूर्व पश्चिम राजमार्ग र उत्तर दक्षिण राजमार्गको चौरास्ता इटहरी चोकमा राजा विरेन्द्रको शालिक राख्न लागिएको भन्दै जनता समाजवादी पार्टी(जसपा) इटहरीले विरोध गरेको छ।

शनिबार बिहान पत्रकार सम्मेलन गर्दै जसपा इटहरी अध्यक्ष डिल्ली सुब्बाले मेयर हेमकर्ण पौडेलको सम्लंग्नतामा शालिक राख्ने र चोकको नाम विरेन्द्र चोक राख्ने तयारी भएको भन्दै  विराेध  गरेका हुन् ।

सुब्बाले अघिल्लो कार्यकालको जनप्रतिनिधिले राखेको पृथ्वी चोक अहिले विरेन्द्र चोक राख्न लागिएको भन्दै सुब्बाले थारुको इतिहास र पहिचान झल्काउने चोक निर्माण हुनुपर्ने बताए।

‘प्रतिगमन बिरोधी गठबन्धनको तर्फबाट इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले समेत सम्लग्नता भएको विषयले हाम्रो पार्टी दुखित भएको छ’ सुब्बाले भने, ‘प्रथम नागरिक थारुलाई सम्मान हुनेगरी इटहरी चोकको नामाकरण गरियोस् ।’ इटहरी चोकलाई विरेन्द्र चोक राख्दै शालिक राखिएमा सशक्त विरोध हुने चेतावनी दिएको छ।

दोश्रो जनआन्दोलनको समयमा इटहरी चोकको विरेन्द्रको शालिक तोडफोड भएको थियो। इटहरीमा धेरै समय अगाडिबाट विरेद्रको शालिक पुनःस्थापना हुनुपर्ने माग उठ्दै आएको थियो। मेयर हेमकर्ण पौडेल निर्वाचित भएर आएपछि उनले सालिक राख्ने सार्वजनिक प्रतिबद्धता राखेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *