काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राजदूत श्रीवास्तवले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीसँग राजदूत श्रीवास्तवले शिष्टाचार भेटवार्तासमेत गरेका थिए । उनी गतसाता काठमाडौं आइपुगेका थिए ।


Leave a Reply