मधेस प्रदेश : बजेटमाथि छलफल गर्न सदन बोलाइयो

जनकपुरधाम । मधेस सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक बोलाइएको छ ।

प्रदेशसभा सचिवालयले असार २० गते दिउँसो १ बजे बैठक राखेको सूचना टाँसेको छ । सो दिन बस्ने बैठकमा सरकारले पेश गरेको बजेटमाथि छलफल हुने र त्यसपछि पारित गर्ने बताइएको छ ।

असार १ मा सरकारले बजेट ल्याएको थियो । सोही दिन अर्को बैठकमा बजेट टेबल गरिएलगत्तै सभामुख सरोजकुमार यादवले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए ।

प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक बर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रूपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *