विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।
बुधवार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।
सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ ।
पानीको बहाव बढेकाले तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ ।

Leave a Reply