बृहत्तर जनकपुर विकास परिषद् कोषको अध्यक्षमा साह नियुक्त, (मन्त्रिपरिषद् निर्णय सूचीसहित)

काठमाडौं । सरकारले बृहत्तर जनकपुर विकास परिषद् कोषको अध्यक्षमा धनुषाका शीतल साहलाई नियुक्त गर्ने निर्णय गरेको छ। मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले लामो समयदेखि स्थायी कार्यालय सहयोगीले आफ्नो सेवा समूह र पद परिवर्तन गर्न गर्दै आएको मागलाई सम्बोधन गर्दै श्रेणीविहीन स्थायी कार्यालय सहयोगीको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराए ।

मङ्गलवारको बैठकले काठमाडौं उपत्यकाभित्रका प्रसारण लाइन र सब–स्टेशनमा संरचनाको सुधार, विस्तार र स्तरोन्नतिका लागि जग्गा प्राप्ति गर्ने निर्णय गरेको गरेको छ ।

मन्त्री कार्कीका अनुसार सरकारले उक्त कामका लागि प्रारम्भिक कारबाही चलाउने अधिकारीसमेत तोक्ने निर्णय गरेको छ ।

यस्तै, सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय पनि गरेको प्रवक्ता कार्कीले बताए ।

मन्त्री कार्कीका अनुसार मङ्गलवारको बैठकले सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०७९को मस्यौदामाथि लोकसेवा आयोगको परामर्श लिने, मध्य भोटेकोशी जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन विस्तारका लागि वन क्षेत्र प्रयोग गर्न दिने, भेडेटार स्काइवाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

बैठकले महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुख हटाउने, कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने, निजामती सेवा पुरस्कारका लागि सिफारिस समितिको सदस्य तोक्ने निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *