जनकपुरधामका मेयर साह धान रोप्न किसानको खेतमा

जनकपुरधाम । धान दिवसको अवसरमा जनकपुरधाम उपमहानगरका मेयर मनोज साह धान रोप्न किसानको खेतमा पुगेका छन् ।

उपमहानगरपालिकाले ‘धान बालीमा जैविक विविधता उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ मूल नाराका साथ वडा नम्बर २० मा १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको आयोजना गरेको थियो । सो अवसरमा मेयर साहले किसानसँगै खेतमा धान रोपेका हुन् ।

उनले किसानहरूलाई हिलो छ्यापेर रमाइलो समेत गरे । धान रोप्दै उनले किसानलाई खुसी पार्ने योजनाहरू ल्याउने प्रतिबद्धता जनाए ।

मेयर साहले रासायनिक मलको ठूलो समस्या रहेको तर मल खरिद गर्ने र विक्री वितरण गर्ने सर्वाधिकार नेपाल सरकारको रहेकाले आफूहरू चाहेर पनि केहि गर्न नसकेको बताए ।

उनले भने– सरकारले अविलम्ब किसानलाई मल दिनुपर्छ । यो मेरो जोडदार माग हो ।

उत्पादन बढाउन माटो परीक्षण, जैविक मलको उत्पादनमा जोड, यान्त्रिकीकरण, सिँचाइको सहज उपलब्धता र कृषि मिटरमा छुट दिन आवश्यक कार्यक्रम तथा योजनाहरू ल्याउन लागेको मेयर साहले जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *