बुटवल उपमहानगरमा मनाइयो धान दिवस

रुपन्देही । बुटवल उपमहानगरपालिकाले रोपाइँ गरेर धान दिवस मनाएको छ । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे नेतृत्वका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, किसानहरुको टोलीले बुटवल १९ का तिलक थारुको खेतमा रोपाइँ गरेको हो ।

वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

रोपाइँअघि आयोजित कार्यक्रममा नगर प्रमुख पाण्डेले बुटवल १८ र १९ को क्षेत्रलाई हरियाली क्षेत्रका रुपमा विकास गर्ने बताए । उनले सो क्षेत्रका किसानलाई भैरहवा विमानस्थलबाट विदेश निर्यात गर्ने गरी कषिजन्य उत्पादनमा जोड दिन आग्रह गरे ।

‘यो क्षेत्रलाई कृषि उत्पादनमा अगाडि बढाउनुपर्छ । यहाँका बासिन्दाले चासो नदिने र व्यवसायिक उत्पादन सुरु नगर्ने हो भने हामी आत्मनिर्भर बन्न सक्दैनौं’, उनले भने, ‘यहाँ उत्पादन भएको तरकारी, फलफूल यही खपत गर्ने र विदेश निर्यात गर्ने गरी तपाईंहरुले चासो दिनुहोस्, उपमहानगरपालिकाले के कसरी साथ दिनुपर्ने हो दिन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *