प्लटिङ सिस्टमले गर्दा बस्ती र खेती गोलमाल भयो : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको भूबनोटअनुसार उपयुक्त हुने भएकाले धानबालीमा जोड दिनुपर्ने बताएका छन् । धानको व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्ने उनको धारणा छ ।

१९औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा बोल्दै ओलीले प्लटिङ सिस्टमले गर्दा नेपालको खेतीपातीमा समस्या भएको उल्लेख गरे ।

उनले भने, ‘प्लटिङ सिस्टमले गर्दा जथाभावी बस्ती बसालिएको छ, र कहाँ बस्ती, कहाँ खेती भन्ने गोलमाल भइराखेको छ ।’

ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयातको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद भएको बताए । यो स्थिति हाम्रै लापरबाहीका कारण आएको उनको भनाइ छ ।

‘अहिले हामी आफैंले गर्दै आएको लापरबाही, असावधानी, प्रयासहरूको कमिको अन्त्य गर्नुपर्नेछ । यो अवस्थाको सुधार गरेसँगै हामी कृषिको व्यवसायीकरणतर्फ लम्कनेछौं । आफैंलाई सुधार गरे उन्नत बीउ र आफ्नै जीवनस्तरसमेत सुधार गर्न सकिनेछ’, ओलीले भने ।

नेपालको हावापानी र माटो सबै हिसाबले धान उत्पादनका लागि उपयुक्त रहेको ओलीले बताए । यो सबै भूभाग र वातावरणलाई सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

Comments

One response to “प्लटिङ सिस्टमले गर्दा बस्ती र खेती गोलमाल भयो : ओली (भिडिओ)”

  1. Biswas Gurung Avatar
    Biswas Gurung

    Yeti bela furni dimag ,thukka! !! Jun yojana Le 10 barsa paxadi garne effect kasto hunxa bhanne bichar nagari jhyole Lai xedik khusi banaune netaharu ko krandan.

Leave a Reply

Your email address will not be published. Required fields are marked *