काठमाडौं। विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष जियान्नी इनफानटिनोले अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बधाई दिएका छन् ।
इनफानटिनोले पत्रमार्फत बधाई सन्देश पठाएको एन्फाले जनाएको छ । सन्देशमा लेखिएको छ, ‘तपाईंको ज्ञान, नेतृत्व र अनुभवले नेपालमा सुन्दर खेलको विकासमा ठूलो प्रभाव पार्नेमा म विश्वस्त छु ।’
गत साता सम्पन्न एन्फा केन्द्रीय कार्य समिति निर्वाचनमा पंकजले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गरेका थिए ।


Leave a Reply