राष्ट्रिय क्रिकेट टिमलाई क्यानको बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्यानाडामा हुने बाईलाट्रल सिरिज र स्कटल्यान्डमा हुने लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलाका लागि नेपाली क्रिकेट टिमको बिदाइ गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै भोलि क्यानाडा प्रस्थान गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल र क्यानका पदाधिकारीहरूले टिमलाई बिदाइ गरे ।

यसअघि, अमेरिकामा भएको सिरिजका दुई खेलाडी परिवर्तन गर्दै क्यानले गत आइतबार सिरिज खेल्ने टिमको नाम घोषणा गरेको हो ।

क्यानले सुनिल धमला र सागर ढकाललाई टिमबाट हटाउँदै पवन सर्राफ र बासिर अहमदलाई टिममा समावेश गरेको छ ।

क्यानाडामा नेपाली टिमले जुलाई एकमा ओन्टारियोसँग अभ्यास खेल खेल्नेछ भने जुलाई ४ र ५ मा क्यानाडासँग एक दिवसीय खेल खेल्नेछ ।

त्यसपछि, नेपाली टिमले नामिबिया सम्मिलित एक दिवसीय शृङ्खला जुलाई ११ देखि १७ सम्म स्कटल्यान्डमा खेल्नेछ ।

नेपालले आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाका लागि स्कटल्यान्ड भ्रमण गर्नुअघि त्यसको तयारी स्वरूप क्यानाडासँगको सिरिज खेल्न लागेको हो ।

नेपाली टिमः

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, दिपेन्दसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, आरिफ शेख, सोमपाल कामी, करण केसी, बासिर अहमद, पवन सर्राफ, विनोद भण्डारी, आदिल अन्सरि, किसोर महत्तो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *