खेलकुदकै कारण यहाँसम्म आइपुगेको हुँ : नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं । नवनियुक्त पर्यटन मन्त्री जीवनराम श्रेष्ठले आफ्नो राजनीतिक उचाइमा खेलकुद क्षेत्रको भूमिका ठुलो रहेको बताएका छन्।

नेपाल ‌ओलम्पिक कमिटी (एन‌‌ओसी)ले गरेको बधाई कार्यक्रममा बोल्दै श्रेष्ठले भने, ‘मैले खेलकुदकै कारण आफूलाई चिनाउने अवसर पाएको हुँ। यहाँसम्म आइपुग्न खेलकुदको ठुलो भूमिका छ। म मात्र यहाँ पुगेको होइन, समग्र खेलकुद परिवार पुगेको हो ।’

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव रहेका श्रेष्ठ एनओसीका वर्तमान अध्यक्ष हुन्।

उनले नेपाललाई संसारकै आकर्षक गन्तव्यका रूपमा विकाश गर्ने योजना रहेको बताउँदै उनले खेलकुद पर्यटनलाई प्रवर्द्धन गर्दै पर्यटकलाई आकर्षित गर्न पनि लागि पर्ने उल्लेख गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *