काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक-आईजीपी बढुवासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ तेस्रोपटक हेर्दाहेर्दैमा सकिएको छ । अर्को पेशी असार १९ गते राखिएको छ ।
यसअघि जेठ ३० गते सुरु भएको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा राख्दै असार ५ गतेका लागि पेशी तोकिएको थियो । त्यस दिन पनि बहस नसकिएपछि अर्को पेशी सोमबारका लागि तोकिएको थियो ।
आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाएको भन्दै विश्वराज पोखरेलले रिट दर्ता गरेका थिए । सोमबार सरकार पक्षबाट सरकारी वकिलले बहस सके पनि निजी कानुन व्यवसायीहरुको बहस बाँकी रहेकाे छ ।

Leave a Reply